दमाैलीमा यौनिक तथा लैङ्गिक अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम:

दमाैलीमा यौनिक तथा लैङ्गिक अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम:

ब्लु डाइमण्ड सोसाईटीकाे आयाेजनामा दमाैलीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको बारेमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

बिबिध लैङ्गिक पहिचान, यौन अभिमुखिकरण र यौन बिशेषता भएका व्यक्तीहरुको मानव अधिकार, सामाजिक सुरक्षा बिषयक एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ नाथ न्याैपाने , प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम , जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अपिल राज बाेहरा ,जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर अधिकारी लगायतको सहभागीता रहेको थियोे ।

यस्तै कार्यक्रममा ब्लु डाइमण्ड सोसाईटीका प्रतिनिधीहरु, जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीहरू , दमौली अस्पताल तनहुँमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरु, र संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page