प्रथम दमाैली च्याम्पियन्स कप फुटबलकाे फाइनल बैशाख १ गते

प्रथम दमाैली च्याम्पियन्स कप फुटबलकाे फाइनल बैशाख १ गते

प्रथम दमाैली च्याम्पियन्स कप सेभेन ए साइट फुटबल प्रतियोगिताकाे सेमिफाइनल तथा फाइनलका खेल २०८१ बैशाख १ गते सनिवार हुने भएको छ । आज सुक्रवार भएको क्वाटरफाइनलका खेलहरूमा म्याङ्गाे गाइज र नाइन्टिज एफसि बिच भएकोमा निर्धारित समयमा १-१ काे बराबरी भए पछि खेल ट्राइवेकरमा गएको थियो । ट्राइवेकरमा म्याङ्गाेगाइज ३-२ ले विजयी भएको थियो ।

यस्तै आजै भएको अर्को खेलमा दमाैली फुटशल बि ले नव ए लाई ४-३ गाेल अन्तरले पराजित गरेको छ । यस्तै न्युस्टार युनाइटेडले नवयुवा क्लव लाई ३-२ गाेलअन्तरले , नमस्ते देउरालीले मर्स्याङ्दि लाई ६-५ गाेल अन्तरले , दमाैली फुटशल ए ले दिर्वु लाई २-० गाेल अन्तरले र दमाैली फुटशल बि ले म्याङ्गाे गार्डेन लाई १-० गाेल अन्तरले पराजित गरेको दमाैली फुटशलका अध्यक्ष मनाेज गुरूङले बताए । सनिवार बिहान ८ बजे बाट सेमिफाइनलका खेल हुने र दिउँसो २ बजे फाइनल खेल हुने अध्यक्ष गुरूङले बताए । प्रतियोगितामा बिजयि खेलाडीहरूलाइ कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा आउने व्यास ३ का अध्यक्ष अनुप राना लगायतले पुरस्कार वितरण गर्ने क्लवका सुजन आलेले जानकारी दिए ।

स्वर्गीय उमा थापाको स्मृतिमा दमाैली फुटशलकाे आयाेजनामा साेमबार देखि दमाैली विपि बनवाटिकामा सुरु भएको प्रतियोगिता बैशाख १ सकिँदै छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा द्वितीय हुनेले रु. ३३ हजार ३ सय ३३ नगद तथा ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लाइ २ हजार नगद र ट्रफी, सर्वाधिक गोलकर्ता लाई २ हजार नगद र ट्रफी तथा उत्कृष्ठ गोलरक्षक २ हजार नगद र – ट्रफी प्रदान गरिने खेल संयाेजक सुदीप गुरूङले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page