मानव बेचबिखन आरोपमा तनहुँका रेष्टुरेन्ट सञ्चालक कुँवर पक्राउ

मानव बेचबिखन आरोपमा तनहुँका रेष्टुरेन्ट सञ्चालक कुँवर पक्राउ

मानव बेचबिखन तथा जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा तनहुँका एक रेष्टुरेन्ट सञ्चालक चितवनमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ खैरेनीटार स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१६ शिवघाटमा ‘गोर्खाली रेष्टुरेन्ट’ सञ्चालन गर्दै आएका ३३ वर्षीय नारायण कुँवर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कुँवरले २०८२ साल पुष महिनादेखि आफ्नै रेष्टुरेन्टमा वेटरको काम गर्ने एक महिलालाई विभिन्न लोभ–प्रलोभन देखाई त्यहाँ आउने ग्राहकहरूसँग जबरजस्ती यौन सम्पर्क गर्न लगाएको आरोप छ।
घटनासम्बन्धी सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय भरतपुरबाट खटिएको टोलीले कुँवरलाई जेठ १६ गते नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार पक्राउ परेका कुँवरविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page