व्यास ५, ६ र ११ का लागि सडक पूर्वाधारमा संघीय बजेट विनियोजन

व्यास ५, ६ र ११ का लागि सडक पूर्वाधारमा संघीय बजेट विनियोजन

। व्यास नगरपालिका वडा नं. ५ र ६ लाई सदरमुकाम दमौलीसँग जोड्ने महेन्द्री मार्ग निर्माणका लागि संघीय सरकारबाट रु. ५ करोड बजेट विनियोजन भएको छ। त्यस्तै व्यास ११ बेलटारीबाट भानु–६ मान्द्रे हुँदै भगवती पानी मन्दिरसम्म जोड्ने सडक निर्माणका लागि रु. १० करोड बजेट विनियोजन भएको जानकारी प्राप्त भएको छ।
बजेटसम्बन्धी विस्तृत विवरण ‘रातो किताब’ प्रकाशन हुन बाँकी रहेकाले तनहुँका विभिन्न योजनामा विनियोजित रकमको पूर्ण विवरण क्रमशः सार्वजनिक हुँदै जाने बताइएको छ।
यसैबीच सामाजिक सञ्जालमा घुमाउने घाटको पक्की पुल र बुद्धसिंह मार्गसम्बन्धी बजेटबारे जिज्ञासा बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति विश्व बास्तोला ले ती योजनाका लागि पनि बजेट अभाव नहुने बताएका छन्।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विकास निर्माणका योजनामा निकासा र कार्यान्वयनमा कुनै शंका गर्नुपर्ने अवस्था नरहेको प्रतिबद्धता जनाएको उल्लेख गर्दै वर्षा सकिएपछि पुल निर्माणले गति लिने विश्वास व्यक्त गरेका छन्।


तनहुँबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्रीकै पहलमा बजेट व्यवस्थापन भएको भन्दै कार्यान्वयन प्रक्रियामा ढिलाइ नहुने अपेक्षा गरिएको छ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page