व्यास नगरपालिकाकाे ३२औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

व्यास नगरपालिका तनहुँकाे ३२औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
स्थापना दिवस कार्यक्रमकाे पूर्व मन्त्री एवं संघीय सांसद शंकर भण्डारीले उद्घाटन गरेका थिए ।



कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियार, पूर्व सदस्य प्रकाश पन्थ, प्रदेश सभासदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी , प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम लगायतले बोलेका थिए ।



कार्यक्रममा शिक्षकहरुको तर्फबाट ५ जना, कृषि तथा पशुपंशीतर्फ ४ जना, उपभोक्ता समितितर्फ ५ जना, टोल विकास संस्थातर्फ ४ जना, करदातातर्फ ४ जना, कर्मचारीतर्फ ६ जना, निवर्तमान वडाध्यक्ष लेख बहादुर राना र विद्यार्थी तर्फ ९ जनालाई सम्मान एवं प्रशंसा पत्र प्रदान गरिएको थियो।


कार्यक्रममा नगरपालिका भित्रका बिभिन्न जातजातिका कला संस्कृति झल्कने नृत्यहरू पनि प्रस्तुत गरिएको थियो।
















































