आफ्नै १२ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ
तनहुँ प्रहरीले आफ्नै १२ वर्षीया नाबालिका छोरीलाई पटक–पटक जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार २०८३ जेठ ९ गते राति करिब ११:३० बजे घटना भएको जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिई आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ। पीडित बालिका हाल सुरक्षित अवस्थामा रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार आरोपितको यस्ता गतिविधिबारे यसअघि पनि गाउँमा चर्चा भएको थियो। त्यसबेला उनलाई सचेत गराई माफी माग्न लगाइएको र पुनः यस्तो कार्य नगर्ने प्रतिबद्धता जनाइएको बताइएको छ। तर पछि फेरि सोही प्रकृतिको घटना दोहोरिएको र पीडित बालिकाका दाइले देखेपछि विषय बाहिर आएको स्थानीयले बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिएका छन्।




























