मनहरी पिपलटार खानेपानीकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न:

मनहरी पिपलटार खानेपानीकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न:

मनहरी पिपलटार खानेपानीकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्ष २०८१ सालको अवसरमा तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ मनहरीमा रहेको मनहरी पिपलटार खानेपानी उपभोक्ता संस्थाले आफ्ना उपभोक्ता तथा सदस्यहरू बिच शुभकामना आदानप्रदान कार्यक्रम गरेको हाे ।

उपभोक्ता समितिका अध्यक्ष प्रेमराज अधिकारीकाे अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा समितिका उपाध्यक्ष सन्देश अधिकारी , सचिव चन्द्रकुमार मल्ल लगायतका पदाधिकारी एवम् कार्यसमिति र उपभोक्ताहरूकाे सहभागीता रहेको थियो ।

समितिले सम्पुर्ण उपभोक्ताहरू , समितिका पदाधिकारी एवम् सदस्यहरू , स्वदेश तथा बिदेशमा छरिएर बस्नु हुने नेपाली दाजु,भाइ, दिदीबहिनी हरूमा नयाँ वर्षको शुभकामना व्यक्त गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page