तनहुँ उद्योग वाणिज्य संघको महासचिवमा पुनः सुबोध अधिकारी
तनहुँ उद्योग बाणिज्य संघको महासचिवमा पुनः सुबोध अधिकारी मनाेनित भएका छन् । संघको १७ओैं अधिवेशन बाट नवनिर्वाचित कार्यसमितिको सनिवार बसेकाे पहिलो बैठकबाट सुबाेध अधिकारी लाई महासचिवमा मनाेनित गरेको अध्यक्ष बैकुण्ठ नाथ मिश्रले बताए । लामो समयदेखि उद्योग बाणिज्य संघकाे विभिन्न पदमा रहेका अधिकारी संघको प्रथम उपाध्यक्ष तथा द्धितिय उपाध्यक्ष भइसकेका छन् । अधिकारी संघलाई चलायमान बनाउन अब्बल मानिन्छन् । संघ भित्र मेलमिलाप र समझदारी हुनुपर्छ भनेर उनलेे बरिस्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएर पनि फिर्ता लिएका थिऐ ।

यसैगरी बैठकले शिव ओम मल्ललाइ सचिव , प्रकाशचन्द्र हड्खले लाइ सह- काेषाध्यक्ष र शकुन्तला आलेलालाइ महिला सदस्यमा मनाेनित गरेको छ ।

























