नयाँ वर्षमा ६ वटालियन ५ गाेरखा राइफल्स भूपू हरूकाे शुभकामना आदानप्रदान !

नयाँ वर्षमा ६ वटालियन ५ गाेरखा राइफल्स भूपू हरूकाे शुभकामना आदानप्रदान !

नयाँ वर्ष २०८१ सालको अवसरमा ६ वटालियन ५ गाेरखा राइफल्स ( फ्रन्टियर फाेर्स ) तनहुँ भूपू सैनिक परिवारको विविध सांस्कृतिक कार्यक्रम सहितको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

६ वटालियन ५ गाेरखा राइफल्स ( फ्रन्टियर फाेर्स ) भूपू सैनिक तनहुँका अध्यक्ष क्याप्टेन तारा मल्ल काे अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रमकाे जेष्ठ नागरिक हवल्दार धनसुव्वा गुरूङकाे प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

क्याप्टेन मल्लकाे अध्यक्षतामा भएको कार्यक्रममा सुवेदार जितबहादुर गुरूङले स्वागत तथा सुवेदार केशव थापाले सञ्चालन गरेका थिए । कार्यक्रममासहसचिव क्याप्टेन झकबहादुर गुरूङ , कार्यक्रम संयाेजक सुवेदार गिरबहादुर थापा , सहसंयाेजक सुवेदार छबि लाल गुरुङ लगायत करिब ५० जनाको सहभागीता रहेको थियो ।तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ६ स्थित मुलवराहि मन्दिरमा उक्त कार्यक्रम भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page