ऋषिङ्ग गाउँपालिकामा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन तथा उत्कृष्ट SEE विद्यार्थी सम्मानित

ऋषिङ्ग गाउँपालिकामा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन तथा उत्कृष्ट SEE विद्यार्थी सम्मानित

तनहुँ, जेठ २६ — आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तर्जुमाका लागि ऋषिङ्ग गाउँपालिकाले आयोजना गरेको राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि , सरोकारवाला तथा स्थानीय नागरिकहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु माया थापा तथा प्रमुख प्रशासकीय अधिकृत अनिल अगाई लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले दिएका सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने गाउँपालिकाले जनाएको छ।
यसै अवसरमा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै गाउँपालिकाले उनीहरूको उज्ज्वल भविष्य र निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेको छ।

गाउँपालिकाले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सहभागी तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page