माझफाँटमा जारी पुरुषोत्तम महायज्ञमा करिब ९ लाख रुपैयाँ दान संकलन

माझफाँटमा जारी पुरुषोत्तम महायज्ञमा करिब ९ लाख रुपैयाँ दान संकलन


दमौली, जेठ २६ – व्यास नगरपालिका–९ माझफाँटस्थित शिवालय (माहेन्द्रेश्वर महादेव) मन्दिरमा सञ्चालन भइरहेको पुरुषोत्तम महायज्ञको चौथो दिन बुधबार उत्साहजनक जनसहभागिता देखिएको छ। कथा श्रवण, धार्मिक अनुष्ठान तथा विविध कार्यक्रम अवलोकन गर्न टाढाटाढाबाट श्रद्धालु भक्तजन महायज्ञस्थल पुगेपछि माझफाँट क्षेत्र नै धार्मिक वातावरणले भरिएको छ।
महायज्ञमा यसअघिका दिनको तुलनामा चौथो दिन भक्तजनको सहभागिता उल्लेख्य रूपमा बढेको र दान संकलन पनि अपेक्षाभन्दा बढी भएको महायज्ञका आर्थिक संयोजक नारायणप्रसाद न्यौपानेले जानकारी दिए। उनका अनुसार चौथो दिन मात्रै विभिन्न व्यक्ति तथा संघसंस्थाबाट करिब ६ लाख रुपैयाँ बराबरको दान संकलन भएको छ भने हालसम्म कुल दान रकम करिब ९ लाख रुपैयाँ पुगेको छ।
माहेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा सञ्चालित महायज्ञमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले उदारतापूर्वक आर्थिक सहयोग प्रदान गरेका छन्। वडा सदस्य सन्तोष जिसीका अनुसार आर्थिक सहयोगका अतिरिक्त नैतिक तथा व्यवस्थापकीय सहयोग पनि उल्लेख्य रूपमा प्राप्त भइरहेको छ।
चौथो दिन सरस्वती महिला समूहले २५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। महायज्ञमा बुधबार दान सहयोग गर्ने संघसंस्थामध्ये सबैभन्दा बढी सहयोग यही समूहले गरेको हो। व्यक्तिगत तर्फ राजेश कुमाल र मनुमाया कुमालले २५ हजार ५२५ रुपैयाँ सहयोग गरी सबैभन्दा धेरै दान गर्ने दाताको रूपमा रहेका छन्।
यसैगरी अन्य दानदाताहरूमा कुसुमे क्षेत्री गुठी समाज ११ हजार १५५, सरस्वती आधारभूत विद्यालय ५ हजार ७८५, हर्कबहादुर बोहरा र बेदुमाया बोहरा ११ हजार १२५, नितेश भण्डारी २१ हजार ५५, सन्देश थापा २१ हजार १०५, सुस्मिता थापा ११ हजार १०५, श्रीबहादुर भण्डारी ११ हजार ११५, सूर्यबहादुर भण्डारी १० हजार ११५, सूर्यबहादुर थापा र सीता थापा २० हजार १२१, इन्द्रबहादुर थापा ११ हजार १११, कलेस्ती उपत्यका महिला विकास १० हजार १५१, अमृतबहादुर क्षेत्री र चन्द्रमाया क्षेत्री ११ हजार १११, मनमाया थापा ११ हजार ५५, बिस्निमाया थापा र हरिबहादुर थापा २१ हजार ५५, बुद्धिबहादुर कुँवर र जसुदा कुँवर १२ हजार ५००, विरेन्द्र वानियाँ ११ हजार १०५, कमला र ममता थापा ११ हजार १०५, रामजी भण्डारी र आइतु भण्डारी १० हजार ६५, पदमबहादुर थापा र मनभुजा थापा ११ हजार १११, कल्पना थापा ११ हजार ५५, चन्द्रमाया गुरुङ १२ हजार १०५, रामचन्द्र न्यौपाने र शारदा न्यौपाने ११ हजार ११५, श्रीभद्र न्यौपाने र हरिमाया न्यौपाने १० हजार १५५, माहेन्द्री मावि झिनुवाटार १३ हजार ५, विजया जिसी ११ हजार १०५, पदमबहादुर भण्डारी १२ हजार १०५, चन्द्रबहादुर अधिकारी १५ हजार १५५, रामचन्द्र श्रेष्ठ ११ हजार ५५१, श्रीराम श्रेष्ठ ११ हजार १५१, सन्तबहादुर कार्की २० हजार १०५, सकुन्तला कार्की र बिना थापा ११ हजार १५५, जितबहादुर थापा १२ हजार १५५ तथा भरतबहादुर बोहराले ११ हजार ११० रुपैयाँ सहयोग गरेका छन्।
जेठ २४ गतेदेखि सुरु भएको महायज्ञ जेठ ३१ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको संस्थाका सदस्य भोटबहादुर थापाले जानकारी दिए। महायज्ञमा १८ पुराणका सरस प्रवक्ता बालव्यास नारायण न्यौपानेले दैनिक कथा वाचन गरिरहेका छन्।
समिति अध्यक्ष बामदेव न्यौपानेको अध्यक्षतामा सञ्चालन भइरहेको कार्यक्रममा सहजीकरण भोटबहादुर थापाले गरिरहेका छन्। धार्मिक अनुष्ठानमार्फत मन्दिर संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन तथा पञ्चमन्दिर निर्माणका लागि आवश्यक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको आर्थिक संयोजक नारायणप्रसाद न्यौपानेले बताए।


महायज्ञ सफल बनाउन स्थानीयवासी, युवा तथा विभिन्न संघसंस्थाको सक्रिय सहयोग रहेको वडा सदस्य सन्तोष जिसीले बताए। महायज्ञ अवधिभर सहभागी भई धार्मिक लाभ लिन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेको संस्थाका सचिव दिलीप गुरुङले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page