माझफाँटमा जारी पुरुषोत्तम महायज्ञमा १५ लाख भन्दा बढी दान संकलन

दमौली, जेठ २७ – व्यास नगरपालिका–९ माझफाँटस्थित शिवालय (माहेन्द्रेश्वर महादेव) मन्दिरमा सञ्चालन भइरहेको पुरुषोत्तम महायज्ञको पाँचौँ दिन बिहीबार उत्साहजनक जनसहभागिता देखिएको छ। कथा श्रवण, धार्मिक अनुष्ठान तथा विविध कार्यक्रम अवलोकन गर्न टाढाटाढाबाट श्रद्धालु भक्तजन महायज्ञस्थल पुगेपछि माझफाँट क्षेत्र नै धार्मिक वातावरणले भरिएको छ।
महायज्ञमा यसअघिका दिनको तुलनामा बिहीबार भक्तजनको उपस्थिति उल्लेख्य रूपमा बढेको तथा दान संकलन पनि धेरै भएको महायज्ञका आर्थिक संयोजक नारायणप्रसाद न्यौपानेले जानकारी दिए। उनका अनुसार पाँचौँ दिन मात्रै विभिन्न व्यक्ति तथा संघसंस्थाबाट ६ लाख रुपैयाँभन्दा बढी दान संकलन भएको छ भने हालसम्म कुल संकलन १५ लाख भन्दा बढी पुगेको छ।
बिहीबार सबैभन्दा बढी सहयोग शिवालय कुसुमे आमा समूहले रु. ५१ हजार १०५ प्रदान गरेको छ। उक्त आमा समुहले सहभागी भक्तजनहरूलाइ प्रसाद व्यवस्थापन र वितरण समेत गरेको छ । त्यस्तै श्रीप्रसाद श्रेष्ठले रु. २२ हजार २२२, मिलन कार्की/चरित्र कार्कीले रु. १० हजार ५, भगवती जीसीले रु. १० हजार ११० सहयोग गर्नुभएको छ।
यसैगरी शिलकुमारी श्रेष्ठले रु. ११ हजार १५५, तिलबहादुर थापाले रु. ५ हजार ५५५, चन्द्रबहादुर कुमाल र दिलमाया कुमालले रु. ५ हजार ५५, सूर्यबहादुर थापाले रु. ५ हजार ५५, हरिमाया थापाले रु. १३ हजार ३३३, सम्भुलाल श्रेष्ठले रु. ११ हजार १५५, नानीमाया भण्डारीले रु. ५ हजार ५५५, सबिना बिकले रु. ५ हजार ५५ तथा लक्ष्मी गोदार र तारा खड्काले रु. ११ हजार सहयोग प्रदान गर्नुभएको छ।
त्यस्तै चिजा खड्काले रु. ५ हजार ५५, इन्द्र अधिकारीले रु. ५ हजार ५५, गौरीशङ्कर मन्दिर, मध्यनेपाल–सिसाघाटले रु. ५ हजार ५४७, कृष्ण थापाले रु. ६ हजार ३१, हेमन्त थापाले रु. ११ हजार ५, कमल भण्डारीले रु. १० हजार १५०, लक्ष्मण थापाले रु. ११ हजार १५६, मयादेवी कार्कीले रु. ५ हजार ५, गोल्दी आमा समूहले रु. १० हजार १०, पूर्णबहादुर भण्डारी र रमा भण्डारीले रु. १० हजार ११०, तिलुमाया अधिकारीले रु. ७ हजार ५००, प्रेमबहादुर भण्डारीले रु. १० हजार ११०, मिनबहादुर भण्डारीले रु. ६ हजार १५५, प्रेमबहादुर थापाले रु. २० हजार ३१०, गणेश गोदारले रु. २१ हजार १११, शारदा सुनारले रु. ५ हजार ५०, रामबहादुर घर्तीले रु. ५ हजार ५५, शारदा अधिकारीले रु. ८ हजार ५२०, गजौँडे आमा समूहले रु. १० हजार ११५, कुमारी गोदारले रु. ५ हजार ५५ तथा शर्मिला थापाले रु. ५ हजार ५५ सहयोग गर्नुभएको छ।
महायज्ञमा हरिमाया भण्डारीले रु. ६ हजार ५४०, राधा भण्डारीले रु. ५ हजार ५०, मिनबहादुर भण्डारी र केशव भण्डारीले रु. ५ हजार २०, बिमला कुँवरले रु. ५ हजार ५, सुरेश थापा र मञ्जु थापाले रु. २१ हजार १११, लामेडाँडा आमा समूहले रु. ५ हजार ५२०, कल्याणध्वज अधिकारीले रु. ५ हजार ५५५ तथा शिवालय कुसुमे सालडाँडा टोल विकास संस्थाले रु. २५ हजार ५२५ सहयोग गर्नुभएको छ।
यसका अतिरिक्त अन्य धेरै भक्तजन तथा शुभेच्छुकहरूले पनि आर्थिक तथा नैतिक सहयोग प्रदान गरिरहेको वडा सदस्य एवं महायज्ञ सफल बनाउन दिनरात खटिएका सन्तोष जिसीले जानकारी दिए।
माहेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा सञ्चालन भइरहेको महायज्ञ जेठ २४ गतेदेखि सुरु भई ३१ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको समितिका सदस्य भोटबहादुर थापाले बताए। महायज्ञमा १८ पुराणका सरस प्रवक्ता बालव्यास नारायण न्यौपानेले दैनिक कथा वाचन गरिरहेका छन्।
समिति अध्यक्ष बामदेव न्यौपानेको अध्यक्षतामा सञ्चालन भइरहेको कार्यक्रममा सहजीकरण भोटबहादुर थापाले गरिरहेका छन्। धार्मिक अनुष्ठानमार्फत मन्दिर संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन तथा पञ्चमन्दिर निर्माणका लागि आवश्यक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको आर्थिक संयोजक नारायणप्रसाद न्यौपानेले जानकारी दिए।

महायज्ञ सफल बनाउन स्थानीयवासी, युवा तथा विभिन्न संघसंस्थाको सक्रिय सहयोग रहेको वडा सदस्य सन्तोष जिसीले बताए। महायज्ञ अवधिभर सहभागी भई धार्मिक लाभ लिन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेको संस्थाका सचिव दिलीप गुरुङले जानकारी दिए।
बिहीबारको कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।






























