चिजबहादुर दरै स्मृति अक्षय कोष स्थापना

चिजबहादुर दरै स्मृति अक्षय कोष स्थापना


दमौली, । व्यास नगर समता विद्यालयमा अध्ययनरत अभिभावकविहीन, एकल अभिभावक तथा विपन्न विद्यार्थीहरूको शैक्षिक सहयोगार्थ “चिजबहादुर दरै स्मृति समता विद्यालय अक्षय कोष” स्थापना गरिएको छ।
व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैका स्वर्गीय पति चिजबहादुर दरैको स्मृतिमा स्थापना गरिएको उक्त अक्षय कोषका लागि रु. २५,५५५ सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।
उक्त कोष नगर प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, शिक्षा शाखा प्रमुख केदार आचार्य, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शतिस चन्द्र न्यौपाने, शिक्षक तथा अभिभावकहरूको गरिमामय उपस्थितिमा विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा वक्ताहरूले यस प्रकारको अक्षय कोषले अभिभावकविहीन, एकल अभिभावक तथा विपन्न विद्यार्थीहरूको शैक्षिक निरन्तरता र हौसला अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।


विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले कोषबाट लक्षित विद्यार्थीहरूलाई दीर्घकालीन रूपमा शैक्षिक सहयोग पुग्ने बताए।
विद्यालय परिवारले यस मानवीय तथा प्रेरणादायी कार्यका लागि उपप्रमुख इन्दिरा दरैप्रति हार्दिक आभार व्यक्त गर्दै स्वर्गीय चिजबहादुर दरैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page