तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा २२ जना नियन्त्रणमा, ३ जनामाथि थप अनुसन्धान

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा २२ जना नियन्त्रणमा, ३ जनामाथि थप अनुसन्धान

तनहुँ, असार ३ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसन अन्तर्गत २२ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
मिति २०८३/०३/०२ गते लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत प्रयोग नियन्त्रणका लागि गरिएको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएकामध्ये ३ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिए। प्रहरीले जिल्लाभर यस्ता सुरक्षा तथा नियन्त्रणात्मक अभियानलाई निरन्तरता दिने जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page