प्रथम दमाैली च्याम्पियन्स कप फुटबलकाे उपाधि आयाेजक दमाैली फुटशल लाइ:

प्रथम दमाैली च्याम्पियन्स कप सेभेन ए साइट फुटबल प्रतियोगिताकाे उपाधि आयाेजक दमाैली फुटशल ए ले जितेको छ । सनिवार भएको फाइनल खेलमा नमस्ते देउराली क्लवलाइ २-० गाेल अन्तरले पराजित गर्दै आयाेजक दमाैली फुटशलले उपाधि जितेको हाे ।



मध्यान्तर सम्म दुबै टिमबाट कुनै गाेल हुन नसकेको फाइनल खेलमा दुबै गाेल मध्यान्तर पछि भएको थियो । जसमा दमाैली फुटशलका जर्सी नम्बर ६ का आकाश पुलामि मगर तथा जर्सी नम्बर ११ का मनाेज थापाले गाेल गरेका थिए ।

प्रतियोगितामा विजयी भए सँगै दमाैली फुटशलले नगद ५५ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाण-पत्र हात पारेको छ । यस्तै प्रतियोगितामा उपविजेता बनेको नमस्ते देउरालीले ३३ हजार ३ सय ३३ नगद तथा ट्रफि, मेडल र प्रमाण-पत्र हात पारेको छ ।


प्रतियोगितामा उत्कृष्ट गाेलरक्षकमा सन्दीप आले , उत्कृष्ट खेलाडीमा अजित थापा मगर , उच्च गाेलकर्तामा प्रितम गुरूङ तथा म्यानअफद म्याचमा अजित थापाले क्रमश २ हजार नगद र ट्रफी हात पारेकाे खेल संयाेजक सुदीप गुरूङले बताए ।


प्रतियोगितामा बिजय खेलाडीहरू लाई कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नं ३ का अध्यक्ष अनुप रानाले पुरस्कार वितरण गर्दै स्थानीय स्तरवाट खेलाडी उत्पादन गर्न यस किसिमको प्रतियोगिताले मद्दत गर्ने बताए । खेलाडीहरूकाे खेल खेल्ने चाहना समेत यस्ता किसिमका प्रतियोगिताले पूरा गर्ने रानाको भनाइ थियो । कार्यक्रममा दमाैली फुटशलका बरिस्ठ सल्लाहकार एवम् व्यास २ का वडा सदस्य सुरेश वाग्लेले खेलाडीमा अनुशासन ठुलो कुरा भएको बताए । विपी बनवाटिकाकाे खेलकुद मैदानलाई इलाभेन ए साइटकाे बनाउने भनी प्याराफिट समेत बनेको छ । यता व्यासको एकसय आठ फुट अग्लो मुर्तिकाे काम पनि अगाडि बढिरहेको छ , यस्तो बेलामा यहाँ घुम्न आउने धार्मिक पर्यटकहरू काे लागि बसपार्ककाे आवस्यकता पर्ने भन्दै त्यससम्बन्धी पनि कुरा उठिरहेको छ । प्याराफिट बनाउँदा क्षणिक तरिकाले साेचेर बनाइएको छ कि दिर्घकालिन साेचका साथ ? भन्ने प्रश्न गर्दै वाग्लेले वसपार्क बनेको खण्डमा प्याराफिट उक्काएर पाटनकाे खेलमैदानमा स्थानान्तरण गर्न मिल्छ? भनी सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएका छन् ।


दमाैली फुटशलका अध्यक्ष मनाेज गुरूङकाे अध्यक्षतामा भएको पुरस्कार वितरण एवम् समापन कार्यक्रमकाे सञ्चालन क्लवका सुजन आलेले गरेका थिए ।


स्वर्गीय उमा थापाको स्मृतिमा दमाैली फुटशलकाे आयाेजनामा चैत २६ गतेदेखि दमाैली विपि बनवाटिकामा सुरु भएको प्रतियोगिता बैशाख १ गते समापन भएको हाे ।प्रतियोगितामा रेफ्रिकाे रूपमा बिमल थापा र आशीक गुरूङ रहेका थिए ।















































