राजनीतिसँगै गायनमा ऋसिङ गा पा उपाध्यक्ष गिनु थापा , तिज गीत ‘नाचखुरुक्कै’ बजारमा आउँदै

राजनीतिसँगै गायनमा ऋसिङ गा पा उपाध्यक्ष गिनु थापा , तिज गीत ‘नाचखुरुक्कै’ बजारमा आउँदै

तनहुँ — गिनुमाया थापा मगर राजनीतिसँगै सांगीतिक क्षेत्रमा पनि सक्रिय बन्दै तिज विशेष गीत लिएर दर्शक–श्रोतामाझ आउने तयारीमा हुनुहुन्छ। रिसिङ गाउँपालिकाकी उपाध्यक्ष थापा मगरले पहिलोपटक आफ्नो स्वर रहेको तिज गीत एल्बम ‘नाचखुरुक्कै’ रेकर्ड गराउनुभएको हो।
तिजको अवसर पारेर तयार गरिएको उक्त गीतमा प्रेम बिवस घर्ती, दीपिका बोयम्बु र गिनुमाया थापा मगरको संयुक्त स्वर रहेको छ। गीतको लय तथा शब्द प्रेम बिवस घर्तीले सिर्जना गर्नुभएको हो भने एरेन्जरका रूपमा खेमराज गौतम रहनुभएको छ।
गीतको रेकर्डिङ मारुनी डिजिटल रेकर्डिङ स्टुडियो प्रालि⁠मा गरिएको हो। रेकर्डिस्टमा सुमन राना र खुमन राना रहनुभएको छ भने मिक्सिङ कुमार राना ले गर्नुभएको छ।
उपाध्यक्ष थापा मगर कला र गलाको धनी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। विगतदेखि नै गायनमा रुचि राख्दै आउनुभए पनि उहाँका गीतहरू औपचारिक रूपमा रेकर्ड भई बजारमा आउन सकेका थिएनन्। यसपटक भने तिज विशेष एल्बम मार्फत उहाँले आफ्नो सांगीतिक यात्रा सार्वजनिक रूपमा अघि बढाउन लाग्नुभएको हो।
सामाजिक सञ्जालमार्फत उहाँले “तिज गीत एल्बम बजारमा ल्याउँदैछु, आशा छ सबैले मन पराइदिनुहुनेछ” भन्ने सन्देशसमेत दिनुभएको छ। गीत सार्वजनिक हुने तयारीसँगै उहाँलाई शुभकामना र बधाई दिनेहरूको संख्या बढ्दो छ।

जनप्रतिनिधिको जिम्मेवारीसँगै गायिकाको परिचय पनि स्थापित गर्न लाग्नुभएकी गिनुमाया थापा मगरको पहिलो तिज गीत ‘नाचखुरुक्कै’ प्रति दर्शक–श्रोताको चासो बढेको देखिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page