महाकाव्य लेखनका लागि साहित्यिक संकल्प र अनुष्ठान

महाकाव्य लेखनका लागि साहित्यिक संकल्प र अनुष्ठान

जनकपुरको याज्ञवल्क्य मावि ज्ञानकूपमा सार्वजनिक कार्यक्रम आयोजना गरि २४ घन्टामा ६२२ श्लोक ९ सर्गको जानकी महाकाव्य लेख्न सफल , करिब २ लाख श्लोक कविता लेखी सक्नु भएका अभिनव व्यास उपाधि प्राप्त कवि चन्द्रमणि अधिकारीले एक बर्ष भित्र म्याग्दे महाकाव्य लेख्ने संकल्प र अनुष्ठान आरम्भ गर्नु भएको छ।

त्यसको लागि कविकुञ्ज मणि गृह पिपलटारमा आज वैदिक विधिपुर्वक देवी देवता , महर्षि, कुल देवता , पितृहरुको पुजा गरि संकल्प , अनुष्ठान र भजन कीर्तन समेत गरिएको थियो । 

विशेष साहित्यिक कार्यक्रममा जनप्रतिनिधिहरु, साहित्यकारहरु , विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं साहित्य प्रेमी र कवि अधिकारीका बन्धुवान्धव , आफन्त साथीभाइहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि र गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले म्याग्देका वरिष्ठ साहित्यकार , अकला महाकाव्यका रचनाकार ऋषिराम अधिकारीलाई दोसल्ला र सम्मानपत्र प्रदान गर्नु भएको थियो भने केही रचनाकारहरुले रचना वाचन समेत गर्नु भएको थियो । उक्त समारोहमा विभिन्न व्यक्तित्वहरुबाट कवि अधिकारीलाई महाकाव्य लेखनमा सफलताका लागि हौसला , प्रेरणा र शुभकामना प्रदान गरिएको थियो ।

जफदी अग्निश्वर अधिकारी बन्धु समाज म्याग्दे तनहुँ द्वारा आयोजित उक्त कार्यक्रमको सभापति केशवराज अधिकारी हुनुहुन्थ्यो भने कार्यक्रम हुतमणि अधिकारीले सन्चालन गर्नु भएको थियो ।
म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , वडा अध्यक्ष टुकराज अधिकारी , हिरा गुरुङ , साहित्यकार शेषमणि आचार्य , महिला नेतृ रत्ना घिमिरे लगायत व्यक्तित्वहरु पुजा अर्चना कार्यक्रममा उपस्थित भइ शुभकामना दिनु भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page