प्रहरी चाैकि थर्पुकाे डिआइजी खनालले ४ गते उद्घाटन गर्ने:

प्रहरी चाैकि थर्पुकाे डिआइजी खनालले ४ गते उद्घाटन गर्ने:

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ थर्पुमा निर्माण भएको अत्याधुनिक प्रहरी चाैकि भवनकाे गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी बिकास राज खनालले उद्घाटन गर्ने भएका छन् । नेपाल सरकारकाे केन्द्रीय बजेट १ कराेड ५४ लाख रूपयाँको लागतमा चाैकिकाे अत्याधुनिक भवन निर्माण भएको हाे ।

प्रहरी चाैकि थर्पुका इन्चार्ज प्रहरी नायव निरिक्षक भरत प्रसाद पाैडेलका अनुसार बैशाख ४ गते मंगलबार बिहान ८ बजे भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । दुई वर्ष पहिल्यै नैँ भवन निर्माण भएर प्रहरीहरू बस्न थालेपनि विचमा ठेकेदार सम्पर्कमा नआएकाेले भवन उद्घाटन हुन सकेको थिएन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page