असार १४ गते बन्दीपुरमा छैटौँ हिले महोत्सव हुँदै

असार १४ गते बन्दीपुरमा छैटौँ हिले महोत्सव हुँदै

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको आयोजनामा राष्ट्रिय धान दिवसको अवसर पारेर आगामी असार १४ गते बन्दीपुरकाे लामाचाैरमा छैटौँ हिले महोत्सव आयोजना गरिने भएको छ। महोत्सवको तयारी तथा कार्यक्रमबारे जानकारी दिन आज बन्दीपुरमा आयाेजित पत्रकार सम्मेलन बाट उक्त कुराकाे जानकारी गरिएको हो।
प्रतिष्ठान तनहुँका अध्यक्ष विश्व बुढाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा महोत्सवको उद्देश्य, तयारी र कार्यक्रमका विविध पक्षबारे जानकारी गराउँदै कृषि, संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि हिले महोत्सव महत्वपूर्ण कार्यक्रम भएको बताइएकाे थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले राष्ट्रिय धान दिवससँग जोडिएको यस प्रकारको कार्यक्रमले स्थानीय कला, संस्कृति र कृषि परम्पराको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका संरक्षक विष्णु खड्का क्षेत्री, वरिष्ठ सल्लाहकार नन्दु थापा मगर, बन्दीपुर उद्योग वाणिज्य संघका सभापति घनश्याम उपाध्याय, जग्गाधनी सुकुमलाल गुरुङ, सान्ता बास्तोला, मेघनाथ रिमाल, अनुराग थापा मगर, सावित्रा हड्खले लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो।
महोत्सवमा हिलोमा माछा समात्ने प्रतियोगिता, हिलो दौड, हिलोमा डोरी तान्ने प्रतियोगिता लगायतका आकर्षक कार्यक्रमहरू आयोजना गरिएकाे अध्यक्ष विश्व बुढाले जानकारी दिए । साथै जिल्ला तथा गण्डकी प्रदेशका चर्चित लोक तथा दोहोरी कलाकारहरूको सहभागितामा विशेष सांस्कृतिक प्रस्तुति रहने अध्यक्ष बुढाले बताए ।

प्रतिष्ठानका सचिव सूर्यप्रसाद छिमालले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा प्रतिस्ठानका पदाधिकारी तथा सदस्यहरूकाे सहभागीता रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page