खोलामा करेन्ट लगाई माछा मार्ने ६ जना नियन्त्रणमा
तनहुँको म्याग्दे गाउँपालिका–१ मा खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मारिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्रबार प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले करेन्ट लगाउन प्रयोग गरिएका सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
आवश्यक कारबाहीका लागि उनीहरूलाई व्यास नगरपालिकामा पठाइएको प्रहरीले जनाएको छ।

नगरपालिकाले उनीहरूलाई कुल १० हजार रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।



























