मेयर त्रिपाठी लक्षित अफवाह प्रति सचिवालयले गर्याे खेद व्यक्त
सामाजिक संजाल मार्फ़त भानु नगरपालिकाका मेयर आनन्द राज त्रिपाठी लाई लक्षित गरि फैलाइएकाे अफवाह प्रति सचिवालयले खेद व्यक्त गरेको छ । तथ्यहिन,भ्रामक एवं कपोकल्पित र मनगढन्ते कुरा “सामाजिक संजाल “ मार्फ़त सम्प्रेषण गरिएको प्रति नगरप्रमुखकाे सचिवालयले खेद व्यक्त गर्दै गहिरो ध्यानाकर्षण भएको जनाएको छ |

सचिवालयले हल्लाको पछि नलाग्नु हुन सम्पुर्ण भानुवासी र आम नागरिकलाई हार्दिक अपिल गरिन्छ , भनेको छ ।

साथै भानु नगर प्रमुख आनन्द राज त्रिपाठी भानु जन्मस्थलको गुरुयोजना ,जग्गा अधिकरण तथा श्रष्टाहरुको शालिक निर्माणको लागि काठमाडौ गएको उल्लेख गरेको छ । ” सम्माननिय राष्ट्रपति राम चन्द्र पौडेलको विशेष पहलमा मन्त्रीपरिषदको निर्णय बमोजिम विनियोजित रकम रु ५ करोड़को लागि धन्यवाद तथा भानु जन्मस्थल ,थानीमाई मोटर मार्ग एवं अन्य मोटर मार्गको स्तारोन्न्तीको पहलको लागि सम्माननिय राष्ट्रपति ज्यू संग भेटघाट तथा छलफलको लागि आज काठमाण्डौ जानु भएको भनी वडा सदस्य सन्तोष घलेले जानकारी दिएका छन् ।
यस अगाडि केही सामाजिक सञ्जालमा भानुका मेयर त्रिपाठी माथि मनाङका प्रदेश सांसद दिपक मनाङ्गेले हातपात गरेको भनिएको थियो ।
























