ऋषिङ्गमा बृहत् शैक्षिक सामग्री प्रदर्शनी महोत्सव सम्पन्न

ऋषिङ्गमा बृहत् शैक्षिक सामग्री प्रदर्शनी महोत्सव सम्पन्न


तनहुँको ऋषिङ्ग गाउँपालिकामा शुक्रबार “ऋषिङ्ग गाउँपालिका स्तरीय बृहत् शैक्षिक सामग्री प्रदर्शनी महोत्सव–२०८३” सम्पन्न भएको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा पोखरीभञ्ज्याङस्थित गाउँपालिका प्राङ्गणमा आयोजित महोत्सवमा पालिकाभित्रका विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूले तयार पारेका विभिन्न सिर्जनात्मक, नवप्रवर्तनात्मक तथा व्यवहारिक शैक्षिक सामग्री प्रदर्शनीमा राखिएको थियो।
विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, शिक्षण–सिकाइलाई थप व्यवहारिक, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, निर्णायक मण्डल, सञ्चारकर्मी तथा विद्यार्थीप्रति गाउँपालिकाले आभार व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षाको गुणस्तर अभिवृद्धिका लागि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page