आँबुखैरेनीकाे मर्स्याङ्दी जलाशयमा सुरु भएको माेटरबाेटकाे मन्त्री चुमान द्वारा उद्घाटन:

आँबुखैरेनीकाे मर्स्याङ्दी जलाशयमा सुरु भएको माेटरबाेटकाे मन्त्री चुमान द्वारा उद्घाटन:

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनमा आएको छ ।आँबुखैरेनी गाउँपालिकाले पर्यटक भुलाई स्थानीयलाई रोजगारी तथा आयआर्जन दिनका लागि मोटरबोट सञ्चालनमा ल्याएको हो ।

मोटरबोटको आइतबार गण्डकी प्रदेशका मन्त्री हरि बहादुर चुमानले उद्घाटन गरेका छन् । माेटरबाेटकाे उद्घाटन गर्दै मन्त्री चुमानले माेटरबाेट सञ्चालनमा आएपछि आँबुखैरेनीको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

गाउँपालिकाले मोटरबोट सञ्चालन गर्न ९ पुसमा बोलपत्र आह्वान गरेको थियो । सोही अनुसार गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटरबोट सञ्चालनमा ल्याएको हो ।

नेपालकै पहिलो र ठुलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन भएको छ । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा विकास भई पर्यटन क्षेत्रले फड्को मार्ने विश्वास गरिएको छ ।
मरस्याङदी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालन भएसगै गाउँपालिका भित्रका पर्यटकीय स्थलहरु आदिमूल बाराही ,छिम्केश्वरी ,ऐना पहरा लगायतको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष सुक्र चुमानले बताए ।

जलशायको सदुपयोग गरी स्थानीयलाई रोजगारी र आम्दानी दिन मोटरबोट सञ्चालन गर्न लागेका हौं ।’’ जलाशयमा मोटरबोट सञ्चालनपछि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्ने अपेक्षा गाउँपालिकाको छ अध्यक्ष चुमानले बताए । मोटरबोट सञ्चालन पछि पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई आकर्षित गर्न सकिने अपेक्षा गाउँपालिकाले लिएको छ ।

धार्मिक पर्यटकलाई थप आकर्षित गर्न मोटरबोटले सहयोग गर्ने गाउँपालिकाकि उपाध्यक्ष दुर्गा अर्यालले बताइन् । मोटरबोट सुरु भएपछि स्थानीय बासिन्दाका लागि सहज यात्रा गर्न, बिरामी ल्याउन र समान ओसारपसार गर्न समेत उपयोगी हुने अपेक्षा गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page