म्याग्दे गाउँपालिका प्रशासकीय भवनको राष्ट्रपति पौडेलले साेमबार उद्घाटन गर्ने:

म्याग्दे गाउँपालिकाकाे प्रशासकिय भवनको वैशाख ३ गते सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन हुने भएको छ ।उद्घाटनकाे तयारीमा रहेको प्रशासकीय भवनमा आज विधिवत रूपमा रुद्री पूजा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।


म्याग्दे गाउँपालिका वडा नम्बर ४ को नराङ्गेमा निर्माण भएको उक्त प्रशासकीय भवनको उद्घाटनकाे सम्पुर्ण तयारी पूरा भएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।अध्यक्ष श्रेष्ठले उद्घाटन कार्यक्रमलाई भव्य र प्रभावकारी बनाईने भन्दै प्रशासकीय भवनको अगाडी गत सोमबार झण्डोत्तोलन समेत गरिसकेकाे बताए ।























































