तनहुँको मिछुर्लुङमा भएको काैराह प्रतियोगितामा मगर विद्यार्थी संघ प्रथम
नव वर्ष २०८१ को अवशर पारेर मिछुर्लुङ विकास समितिद्वारा आयोजना गरिएको ‘खुल्ला मौलिक कौराह प्रतियोगितामा नेपाल मगर विद्यार्थी संघ तनहुँ प्रथम भएको छ । प्रतियोगितामा सहभागी ९ टीमलाई पछी पार्दै मगर विद्यार्थी संघले प्रथम स्थान हासिल गर्न सफल भएको हाे ।


मगर संघले प्रथम स्थान हाँसिल गरेसंगै रु. ७५ हजार रुपैयाँ पुरस्कार पनि हात पारेको छ । त्यस्तै प्रतियोगितामा रिसिङ सास्कृतिक समुह द्धितीय, काहुमिलन युवा क्लव तृतीय भएका छन् भने नेपाल मगर संघ भिमाद-२, बाघटार र टिकिया कानराहा ग्रुप घिरिङ् संयुक्त रुपमा सान्त्वना भए । उनीहरुले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार रुपैयाँसहित प्रमाणपत्र हात पारेका छन् ।























































