लायन्स क्लब अफ तनहुँ ब्यास सिटीमा नेतृत्व हस्तान्तरण, शान्ता वास्तोलाले सम्हालिन् अध्यक्षको जिम्मेवारी
तनहुँ, असार २५ — लायन्स क्लब अफ तनहुँ ब्यास सिटीको पद हस्तान्तरण कार्यक्रम दमौलीस्थित पिजन हिल स्कुल अफ हस्पिटालिटीमा सम्पन्न भएको छ।
कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश चन्द्र हड्खलेले नवनिर्वाचित अध्यक्ष शान्ता वास्तोलालाई माइन्युट हस्तान्तरण तथा कुर्सी साटासाट गर्दै औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुभयो।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एल नेपालका को–चिफ एड्भाइजर चुडामणी दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, पूर्व अध्यक्ष तथा सदस्यहरूले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आवश्यक सुझाव दिएका थिए।
कार्यक्रमका अवसरमा क्लबका सदस्य अर्जुन श्रेष्ठको जन्मदिन पनि मनाइएको थियो। साथै, गण्डकी प्राज्ञ सभामा मनोनित भएका पूर्व अध्यक्ष ईश्वर चन्द्र वाग्ले तथा नवनिर्वाचित अध्यक्ष शान्ता वास्तोलालाई क्लबका तर्फबाट विशेष बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। समितिकाे प्रथम उपाध्यक्षमा बिरू बसेल , द्धितीय उपाध्यक्षमा ब्रजेश साह , तृतीय उपाध्यक्षमा राजु गाेशली , सचिवमा ईश्वरराज पन्थ तथा काेशाध्यक्षमा शुकराम रहपाल लगायत रहेका छन् ।

कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा लायन्सकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


























