दमाैली इकाई द्वारा शुभकामना आदानप्रदान एवम् क्यालेन्डर विमाेचन:

दमाैली इकाई द्वारा शुभकामना आदानप्रदान एवम् क्यालेन्डर विमाेचन:

तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईले नयाँ वर्ष २०८१ काे अवसरमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम गरेको छ । आइतबार इकाईले एकआपसमा शुभकामना आदानप्रदान गर्दै चियापान कार्यक्रम गरेको सभापति सुकनारायण मल्लले बताए । साथै साेहि अवसरमा इकाईकाे क्यालेन्डर समेत विमाेचन गरिएको छ ।

इकाईले यही ८ गते समितिका साथीहरू बिच सुमधुर र भाइचाराकाे सम्बन्ध प्रगाढ बनाउन रमाइलो बनभाेजकाे कार्यक्रम समेत आयाेजना गर्ने निर्णय गरेको छ ।
उक्त अवसरमा इकाईका उपसभापति शेषराज श्रेष्ठ , सचिव अन्जु दाहाल , काेशाध्यक्ष नारायण मल्ल लगायतका कार्यसमितिका सदस्यहरूकाे उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page