जेसीआई व्यासनगरकाे शुभकामना आदान प्रदान एवं क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न:
जेसीआई व्यासनगरले नयाँ वर्षकाे शुभकामना आदान प्रदान एवं क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न गरेकाे छ ।
जेसीआई व्यासनगरका अध्यक्ष नवीन पुरीकाे अध्यक्षतामा आइतवार भएको शुभकामना आदानप्रदान कार्यक्रममा जेसीआई व्यासनगरका निवर्तमान अध्यक्ष राजु राना , संस्थापक अध्यक्ष राम लाल श्रेष्ठ, अध्यक्ष १९९७ बलराम वाग्ले ,१९९९ अध्यक्ष देव कुमार श्रेष्ठ , २०२२ अध्यक्ष कृष्ण सुनार लगायतको उपस्थिति रहेको थियो ।


यस्तै कार्यक्रममा महासचिव सम्मान अधिकारी अध्यक्ष सल्लाहकार – सुमित ढुङगाना , अध्यक्ष सल्लाहकार – युवराज भण्डारी ,उपाध्यक्ष पूर्ण वि.क , उपाध्यक्ष राजेश क्षेत्री , अनुप दाहाल , सचिव रोबिन श्रेष्ठ , शाखा सम्पादक विनोद कुमार गोशली लगायतको उपस्थिति रहेको थियो ।























































