नख्खु कारागारका कैदीबन्दीलाइ लियो क्लव काठमाडौं एभरेष्टकाे पुस्तक हस्तान्तरण:

नख्खु कारागारका कैदीबन्दीलाइ लियो क्लव काठमाडौं  एभरेष्टकाे पुस्तक हस्तान्तरण:

नख्खु कारागार कार्यालयका कैदीबन्दीहरुका लागि काठमाडौं महानगरपालिका वडा नं. ३२ नयाँ वानेश्वरस्थित लियो क्लब अफ काठमाडौं एभरेष्ट नामक गैह्र सरकारी संस्थाको तर्फबाट ४० थान पुस्तक उपलब्ध गराइएको छ । आज एक समारोहको बिच हस्तान्तरण गरिएका पुस्तकहरु राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रसिद्ध लेखक ,साहित्य, दर्शन, देशको राजनीतिक परिवेश, उधमशीलता, राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानून, न्याय प्रशासन, मानव अधिकार तथा सकारात्मक सोचको विकास हुने पुस्तकसँगै अन्य विभिन्न विधाका पुस्तकहरू रहेका छन् ।

लियो क्लब अफ काठमाडौं एभरेष्टका अध्यक्ष लियो शर्मिला अधिकारीको अध्यक्षतामा भएको पुस्तक हस्तान्तरण कार्यक्रममा उक्त संस्थाका निवर्तमान अध्यक्ष तथा लियो जिल्ला परिषद ३२५ S, नेपालका रिजन २ का चियरपर्सन लियो अशोक काफ्लेले कारागारका सुचना अधिकारी सुवास केसी लाई उल्लेखित पुस्तकहरु हस्तान्तरण गरेका थिए । सो अवसरमा कारागारका सुचना अधिकारी केसीले कारागारका कैदीबन्दीहरुको हितको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भई आएको र यही शिलशिलामा लियो क्लब अफ काठमाडौं एभरेष्टसँग समन्वय गरी कैदीबन्दीहरुको लागि पुस्तकहरु उपलब्ध गराईएको जानकारी गराए । प्राप्त पुस्तकहरुको अभिलेख राखी कारागारका कैदीबन्दीहरुको माग र चाहना अनुरुप अध्ययन गर्न उपलब्ध गराईने र भविष्यमा थप पुस्तक जुटाउनका लागि फेरि पनि सहकार्य गरिने जानकारी उनलेे दिए । त्यसैगरी निवर्तमान अध्यक्ष काफ्ले ले “कैदी जीवन बिताइरहेका कैदीबन्दीहरुका लागि जेलभित्रै पुस्तक पढ्ने वातावरण सिर्जना गरी पठन संस्कृतिको विकास र अपराधिक गतिविधिबाट निरुत्साहित गराउने साथै कैदीबन्दीको जेल जीवन पश्चात सरल र सहज जीवनयापन गर्न सघाउ पुर्याउने तथा सरकारको “कारागारमा पुस्तक अभियान” मा लियो क्लबले पनि सरकारलाई सहयोग गर्न सक्छ भन्ने कुराको जानकारी प्रदान गर्नको लागि यस पुस्तकालयलाई पुस्तक सहयोग गरेकाे बताए ।कार्यक्रमको लागि पुस्तकहरु निवर्तमान अध्यक्ष लियो अशोक काफ्ले, निवर्तमान कोषाध्यक्ष लियो संगम श्रेष्ठ र लियो सरिता कार्की ले प्रदान गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page