राष्ट्रपति पाैडेल द्वारा म्याग्दे गाउँपालिका प्रशासनिक भवनको उद्घाटन:

राष्ट्रपति पाैडेल द्वारा म्याग्दे गाउँपालिका प्रशासनिक भवनको उद्घाटन:

राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँकाे म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुरस्थित खड्ग कालिका मन्दिरको उद्घाटन गरेका छन् ।

राष्ट्रपति पाैडेलले बिहान मन्दिरकाे र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गरेका हुन् । नवनिर्मित भवनकाे उद्घाटन गर्दै राष्ट्रपति पाैडेलले म्याग्दे गाउँपालिका अत्यन्तै मिलेको र शुन्दर पालिका भएको बताए । देशका धेरै स्थानीय तहका भाैतिक पुर्वाधार हुन नसकेको बेला जनतालाई सेवा र सुविधा दिनकाे लागि जग्गाको व्यवस्थापन गर्दै म्याग्देले भवन निर्माण गर्न सफल भएकोमा पाैडेलले खुसी व्यक्त गरे ।

कृषि र पर्यटनको क्षेत्र बाट नै बिकासले फड्को मार्ने भन्दै राष्ट्रपति पाैडेलले हरेकले भविस्य सम्झेर काम गर्नुपर्ने बताए । राष्ट्रपति पाैडेलले निराशा हुने ठाउँ कतैपनि नभएको भन्दै तनहुँमा माथिल्लो सेती जलाशयकाे काम , पृथ्वीराजमार्ग विस्तारकाे कामले तिव्र गति लिएको र यी याेजनाहरू सम्पन्न भए पछि बिकासले फड्को मार्ने बताए ।

गिरिजाप्रसाद काेइराला श्वासप्रश्वास केन्द्रलाइ स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने याेजनाका साथ काम अगाडि बढाउन अाफ्नाे ध्यान गएको उनले बताए । राष्ट्रपति पाैडेलले राेजगारिका अवसर सिर्जना गरेर गाउँमै बसाैँ बसाैँ बनाउने लक्ष्यका साथ काम गर्न सबैलाई आग्रह गरे ।

त्यसअघि तनहुँसुरकाे खड्ककालिका मन्दिरको उद्घाटन गर्दै राष्ट्रपति पाैडेलले आफ्नो राजनीतिक जीवनको अन्यन्त कठिन संघर्षका दिनहरूमा यस क्षेत्रबाट प्राप्त गरेको सद्भाव र २०४६ को परिवर्तन पश्चात सम्पन्न आम निर्वाचनहरूमा प्राप्त जनविश्वासवाट यसै क्षेत्रको प्रतिनिधिको हैसियतले संसदमा प्रतिनिधित्व गर्ने शुभअवसर मिलेको तथा शान्ति प्रक्रियादेखि संविधान निर्माणमा समेत योगदान दिने अवसर प्राप्त भएको राष्ट्रपतिले स्मरण गरे । “यसका निमित्त म यस जिल्लाका जनताप्रति सदैव कृतज्ञ छु र अहिले मुलुकको संविधानको संरक्षकका हैसियतले तपाईहरू बीच यस कार्यक्रममा आउने अवसर पाउँदा मलाई गर्वको अनुभूति भएको छ,’ उनले भने ।

म्याग्दे गाउँपालिका वडा नम्बर ४ को नारिङ्गेमा ६ करोडको लागतमा भवन निर्माण गरिएको हो । एक रोपनी एक आना तीन पैसा तीन दाम निःशुल्क प्राप्त भएको र ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजानिक रहेको जग्गामा भवन निर्माण भएको हाे । भाडाघरमा बस्नुपर्दा साँघुरो र अप्ठ्यारो भएकाले जनताको सेवा राम्रोसँग गर्न अफ्ट्यारो हुँदा नयाँ प्रशासकीय भवन निर्माण गरिएको हो ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारी , तनहुँ क्षेत्र नं २ का सांसद शंकर भण्डारी , जिल्ला समन्वय तनहुँका प्रमुख शान्तिरमण वाग्ले , गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी ,वडा नं ४ का अध्यक्ष दिपक श्रेष्ठ , ७ का अध्यक्ष वसन्त कुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए

राष्ट्रपति बनेपछि पौडेलको यो पाँचौँ पटकको गृह जिल्ला भ्रमण हाे । यसअघि चैत्र २३ गते भिमाद नगरपालिका–६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औं वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्ताकालय भवनको उद्घाटनका लागि पौडेल तनहुँ आएका थिए ।

यस्तै चैत १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीको मोटरेवल पुल उद्घाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुर स्थित पुर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page