म्याग्दे गाउँपालिकाकाे गाडी दुर्घटनामा अध्यक्ष श्रेष्ठ सकुशल !

तनहुँकाे म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ चढेको गाडी दुर्घटनामा परेको छ । गाउँपालिकाकाे प्रशासकिय भवन उद्घाटनकाे सन्दर्भमा गाउँपालिकाकाे गाडी व्यस्त भइरहेको र उद्घाटनकाे काम सकेर दमाैली जाँदै गर्दा गाडी दुर्घटनामा परेको हाे ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार गाउँपालिकाकाे गाडीमा हामी दमाैली जाँदै थियौं माेचावारि भन्ने ठाउँमा पुग्दा फरक दिशाबाट बस आयाे , हाम्रो गाडी साइड पुग्दैन भनेर राेकेर बस्याैं , तर राेकेर बसेकाे गाडीमा बसले आएर हान्याे । बसले हान्दा गाउँपालिकाकाे गाडीमा सवार सबै सकुशल रहेपनि गाडीमा भने क्षति पुगेको छ । गाडीको अगाडिको सीसा फुट्नुका साथै पछाडिको ढाेकामा क्षति पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page