प्रहरी चाैकि थर्पुकाे डिआइजी खनाल द्वारा उद्घाटन:

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ थर्पुमा निर्माण भएको प्रहरी चाैकि भवनकाे गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डिआइजी बिकास राज खनालले उद्घाटन गरेका छन् ।

भवनको उद्घाटन गर्दै डिआइजी खनालले याेजना बनाएर गर्ने काम दिगो र परिणाममुखि हुने बताए । भवन सुन्दर बन्याे अब त्यो अनुसारको प्रहरीले गर्ने व्यवहार पनि सुन्दर भयाे भने त्यसले सकारात्मक सन्देश जान्छ डिआइजी खनालले भने । नवनिर्मित भवनको संरक्षण , जगेर्ना गर्ने काम प्रहरीकै भएकोले त्यसतर्फ जिम्मेवार वन्न उनलेे आग्रह गरे । अब यस क्षेत्र वरपर सिसीटिभि राख्न सक्यौं भने गलत क्रियाकलाप गर्ने व्यक्तिहरूलाइ पहिचान गर्न सजिलो हुने खनालकाे भनाइ थियो । प्रहरीले अपराध कार्यमा लाग्ने सँग नलागी निस्पक्ष भएर काम गर्न र आम नागरिककाे मन जित्न खनालले निर्देशन दिए ।


थर्पु चाैकिकाे लागि साधन , श्राेत सम्पन्न गराउन बिगतका दिनमा पनि सक्दो पहल गरेको र भविस्यमा पनि गर्ने प्रतिवद्धता डिआइजी खनालले ब्यक्त गरे ।
समाजलाई शान्त सुरक्षित र समृद्ध बनाउनकाे लागि प्रहरी लागिरहेको र त्यो सबैकाे साथ र सहयोगले मात्रै सम्भब रहेको खनालले बताए ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले दमाैली देखि खैरेनीटार सम्मको शान्तिसुरक्षाकाे जटिलता लाई हेरेर प्रहरी चाैकिकाे आवस्यकता महशुस भएर नैँ यसको स्थापना भएको बताए ।
शान्तिसुरक्षा अमनचयनका लागि नवनिर्मित भवनबाट दिइने सेवा थप प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।
गाउँपालिका क्षेत्र भित्रका अनियमित कार्य गर्नेलाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउने पक्षमा थर्पु प्रहरीले राम्रो काम गरिरहेकाे भन्दै श्रेष्ठले गाउँपालिका र प्रहरी विच आत्मियताकाे भावना प्रगाढ हुँदै आएकाे र भविस्यमा अझै प्रगाढ रूपमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले साविक छाङ्ग , मनपाङ , जामुनेकाे नागरिक समाजले यस ठाउँमा शान्तिसुरक्षाकाे लागि प्रहरीको आवस्यकता महशुस गरेर माग गरिएको स्मरण गर्दै
सुरुमा प्रहरी जनशक्ति आएपनि बस्ने ठाउँ नभएको बताए । त्यस्तो बेलामा स्थानीय गाेविन्द घिमिरेले मासिक भाडा तिरेर प्रहरीलाई भाडाको घरमा राखेको उनले बताए । सुरुका समयमा साझाले बस्ने ठाउँ दिएर ठुलो राहत दिएको भन्दै घिमिरेले नागरिक र प्रहरी विचमा सद्भावपुर्ण व्यवहार यसले प्रमाणित गर्ने बताए ।

राष्ट्रिय राजमार्गमा हुने दुर्घटना , दुर्व्यसनि देखि अन्य झैझगडा लगायतका अनैतिक कृयाकलापलाई कमि ल्याउन प्रहरीले महत्त्वपूर्ण भुमिका खेेलिरहेकाेमा उनले खुसी व्यक्त गरे ।सुरुवात देखि नैँ प्रहरी दरबन्दी र कार्यालय भवन सुविधा सम्पन्न चाहिन्छ भनेेर सम्बन्धित ठाउँमा ढाेका ढकढक्याएकाे भन्दै उनले श्राेत र साधनको अभावले चुस्त दुरुस्त शान्तिसुरक्षा कायम गर्न नसकिने महशुस गरेर नैं गाउँपालिकाले हरेक समय सहयोग गर्दै आएकाे जानकारी दिए ।

प्रहरीलाई साधन नभएर समस्या भएको बेलामा गाउँपालिकाले माेटरसाइकल दिएर सहयोग गरेको घिमिरेले स्मरण गरे ।
साे अवसरमा निर्माण सम्वन्धि प्रहरी नायब उपरीक्षक ई. ध्रुव अधिकारीले आयान कन्ट्रक्सनले
रू १ करोड ५७ लाख लागतमा भवन निर्माण गरेको जानकारी दिए । नेपाल सरकारकाे केन्द्रीय बजेटबाट निर्माण भएको भवनकाे भुइंतलामा ३ वटा कार्यालय काेठा ,शाैचालय , थुनुवा काेठा , भान्सा घर , दाेस्राेमा
महिला मैत्री व्यारेक, पुरूष व्यारेक र माथिल्लो तलामा कार्यालय प्रमुखकाे कक्ष र सञ्चार काेठा रहेको उनलेे जानकारी दिए ।
प्रनाउ अधिकारीले उपयुक्त आवास भवनको अभावमा झेल्नुपरेका समस्या अब झेल्नुनपर्ने भन्दै
शान्तिपूर्ण वातावरणकाे लाभ लिन पाउनु प्रत्येक नागरिककाे अधिकार भएकोले साेहि अनुसार काम गर्न प्रहरीलाई सुझाए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज वाेहराकाे अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले स्वागत तथा प्रहरी निरिक्षक दिलिप कुमार हुमागाइले कार्यक्रम सञ्चालन गरेका थिए ।
साे अवसरमा विशेष प्रहरी गणका गण प्रमुख केदार खनाल,गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख जनक बहादुर शाही ,म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , नेपाल प्रहरी गण्डकी प्रदेश श्रीमती संघका अध्यक्ष कमला खनाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जग्गा उपलब्ध गराउने केशवराज घिमिरे र नवराज घिमिरे तथा स्थानीय नुक्त भुजेललाइ सम्मान गरिएको थियो ।


















































