लायन्स क्लब द्वारा व्यास ६ का श्रेष्ठलाई ह्विल चेयर हस्तान्तरण:

लायन्स क्लब द्वारा व्यास ६ का श्रेष्ठलाई ह्विल चेयर हस्तान्तरण:

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रीक्ट ३२५ एल नेपाल मार्फत लायन्स क्लब अफ काठमान्डु म्याग्दी युथको सहयोगमा व्यास नगरपालिका वडा न ६, शेषाटार निवासी बुद्धि कुमार श्रेष्ठलाई ह्विल चेयर हस्तान्तरण गरेको छ । बिगत २१ वर्ष देखि दुबै खुट्टा गुमाएका श्रेष्ठको सहज जीवनको लागि ह्विल चेयर हस्तान्तरण गरिएकाे लायन्स अन्तरास्ट्रिय डिष्ट्रीक्ट ३२५ एल नेपालका चिफ पिआरओ लायन सुरेन्द्र पौडेलले बताए ।

ह्यिलचेयर निजकी श्रीमती श्रीमाया श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । ह्विल चेयर हस्तान्तरणका क्रममा लायन्स अन्तरास्ट्रिय डिष्ट्रीक्ट ३२५ एल नेपालका चिफ पिआरओ लायन सुरेन्द्र पौडेल, दिपार्ट्मेण्ट चिफ लायन राजकुमार श्रेष्ठ, रिजन चेयरपर्शन लायन कृष्णहरी गैर्हे र लायन्स क्लब अफ तनहुँ सत्यबतीकी अध्यक्ष लायन रामशोभा श्रेष्ठ को उपस्थिति रहेको थियो ।

पास्ट डिष्ट्रीक्ट गभर्नर तथा प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठको संयोजनमा उक्त ह्विल चेयर हस्तान्तरण सम्भव भएको पाैडेलले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page