दमौली अस्पतालमा आजदेखि ओपीडी सेवा १२ घण्टामा बिस्तार:

दमौली अस्पतालमा आजदेखि ओपीडी सेवा १२ घण्टामा बिस्तार:

दमौली अस्पतालले आजदेखि ओपीडी सेवालाई १२ घण्टामा बिस्तार गरेकाे छ । अस्पतालले बैशाख ६ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ओपीडी सेवा दिन लागेको हो । शनिबार र सार्वजनिक बिदा बाहेक अन्य दिनमा सेवा प्रवाह गरिने अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले निकालेको विज्ञप्तिका अनुसार सेवा बिस्तारका समयमा सेवा लिन आउँदा थप शुल्क तिर्न नपर्ने गरी सेवा बिस्तार गर्न लागेको र स्वास्थ बीमितलाई स्वास्थ्य बीमा मार्फत नै सेवा उपलव्ध गराइने भएको छ ।

अस्पतालले सेवा बिस्तार गरेसंगै सबै वर्गका व्यक्तिले सहज रुपमा उपचार पाउन सक्ने भन्दै विज्ञप्तिमा कर्मचारी वर्गले आफ्नो दैनिक कार्यालय समय बाहेक सेवा लिन सक्ने,विद्यार्थीले आफ्नो अध्ययन छाड्न नपर्ने गरी सेवा लिन सक्ने,ज्याला मजदुर वर्गले आफ्नो दैनिक ज्याला मजदुर छाड्न नपर्ने र व्यापार व्यवसायीले आफ्नो व्यापारमा असर नपर्ने गरी सेवा लिन सक्ने उल्लेख गरेको छ ।

बिहानै खाली पेटमा रगत परीक्षण गर्नुपर्ने सबै सेवाग्राहीलाई सहज हुने,भीडभाडमा कमी भई सेवाग्राहीहरु लामो समय लाइनमा बस्न नपर्ने र रिफर भई अन्यत्र अस्पताल जाने बिरामीका लागि समयमै रिफर गरी जान सहज हुने अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनकाे यस्तो निर्णय पछि आम नागरिक खुसी भएका छन् ।

अस्पताल प्रशासनकाे याे निर्णय सर्वसाधारण जनताको पक्षमा भएको म्याग्दे १ का शिक्षक राम शरण नेपालीले बताए । याे नमुना अभ्यास अन्य सबै सरकारी अस्पतालले गर्नुपर्ने नेपालीको भनाइ छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page