आजबाट देशैभर भिटामिन ‘ए’ क्यापसुल खुवाउने:
आजबाट देशैभर भिटामिन ‘ए’ क्यापसुल खुवाउने अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि गरी २ दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाउने अभियान सञ्चालन गरेकाे हो।अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पुर्ण बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाइने छ।


बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्यापसुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप पनि लगाउन पनि सरकारले आग्रह गरेको छ।























































