शिक्षकहरुका लागि जीवन उपयोगी सीप सहजीकरण तालिम सम्पन्न:

शिक्षकहरुका लागि जीवन उपयोगी सीप सहजीकरण तालिम सम्पन्न:

सामूदायीक विद्यालयमा जीवन उपयोगी सीप सहजीकरणका लागि तनहुँ जिल्लाबाट छनौटमा परेका विद्यालयका ११ जना शिक्षक तथा ७ जना सामाजिक परिचालकहरुका लागि ३ दिने तालिम सम्पन्न भएको छ ।
परिक्षणका रुपमा ५ विद्यालयका कक्षा ६ मा अध्ययनरत करिब २०० जना बालिकाहरुका लागि सञ्चालन गरिएको जीवन उपयोगी सीप सत्र संचालन गर्दाका अनुभवहरु साटा साट गरी शुरु भएको कार्यक्रममा शिक्षकहरुले आफनो भोगाई, आफुमा आएको सकारात्मक परिवर्तन, बालिकाहरुमा जीवन उपयोगी सीप सत्रहरुले पारेको प्रभावहरुको बारेमा बताएका थिए । अहिले बालिकाहरु खुलेर बोल्न सक्ने, आफ्ना समस्याहरु बताउन सक्ने, थप मेहनती तथा जीज्ञासु भएको शिक्षकहरुको कथन थियो ।

शैक्षिक सत्र २०८१ मा जीवन उपयोगी सीप सत्रहरु कक्षा ७ मा अध्ययनरत बालिकाहरुलाई प्रदान गरिने र सोहि कार्यका लागि पाठ्यक्रममा तथा विषयवस्तुहरुमा अवधारणात्मक प्रष्टता तथा सहजीकरण सीप विकासका लागि तालिम संचालन गरिएको बालिका शिक्षा कार्यक्रमका अधिकृत तथा तालिमका सहजकर्ता नित्यानन्द पाण्डेले बताए ।

रुम टु रिडद्धारा बालिका शिक्षा कार्यक्रम संचालित तनहुँ जिल्लाका २० विद्यालयहरु मध्ये शिक्षक निर्देशित मोडल लागु भएका सत्यवती मा.वि, निर्मल मा.वि शुक्ला मा.वि, मिन मा.वि र राधा मा.वि. गरी ५ विद्यालयबाट शिक्षकहरुको साथै पढ्नका लागि कोठाबाट बरिष्ठ सामाजीक परिचालक तथा सामाजीक परिचालकहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण बालिका शिक्षा कार्यक्रमका बरिष्ठ कार्यक्रम व्यवस्थापक सलिना तामाङ, बरिष्ठ कार्यक्रम अधिकृत जय प्रजापती, कार्यक्रम व्यवस्थापक दिनेश पोखरेल, कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे, बरिष्ठ कार्यक्रम सहायक मन्जु लोहनी र कार्यक्रम सहायक मिना मजाकोटीले गरेका थिए ।

चितवनको कविलास रिसोर्टमा संचालित तालिममा सैद्धान्तिक सत्रहरुका साथै ब. सामाजिक परिचालक लक्ष्मी नेपाल तथा सामाजिक परिचालक सुस्मिता सुनारद्धारा “म आफूलाई मन पराउँछु” भन्ने शिर्षकमा नमूना सहजीकरण सत्र तथा शिक्षकहरुबाट कक्षा ७ को जीवन उपयोगी सीप सत्रहरुमा आधारीत भई “मक” प्रश्तुत गरिएको थियो ।

कार्यक्रममा उपस्थिती जनाउँदै व्यास नगरपालिकाका शिक्षा अधिकृत नवीन पराजुलीले आफूले पनि कक्षामा शिक्षकहरुद्धारा सहजीकरण गरिएका जीवन उपयोगी सीपका सत्रहरु अवलोकनको अवसर प्राप्त गरेको तथा सत्रहरु अत्यन्त प्रभावकारी रहेको बताउनुका साथै शैक्षिक सत्र २०८१ मा अझ राम्रो गर्नका लागि शिक्षकहरुलाई शुभकामना समेत प्रदान गरेको सामाजिक परिचालक कलावती बिमली ले बताइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page