दमाैलीमा ५५ सय जना मानिस परिक्षा दिन आउँदा यहाँका हाेटल भरिभराउ

दमाैलीमा ५५ सय जना मानिस परिक्षा दिन आउँदा यहाँका हाेटल भरिभराउ

प्राय खाली रहने दमाैलीका हाेटलहरू यतिबेला मान्छे नअटेर कसरी अटाउने भन्नेमा छन् । बिहिवार देखि दमाैली र यस आसपासका हाेटल भरिभराउ हुँदा व्यवसायीहरू लाई ग्राहककाे व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।

सनिवार हुने नि मा वि परिक्षाकाे लागि अन्य जिल्लाबाट धेरै मानिसहरू यहाँ बस्न आउँदा यहाँका व्यवसायीहरूलाइ ठुलो राहत भएको क्षेत्रीय हाेटल संघ दमाैली बजार इकाईका सभापति शंकर अधिकारी ले बताए ।

यस किसिमको परिक्षाकाे सेन्टर यहाँ पर्नु ठुलो कुरा भएको भन्दै सभापति अधिकारीले सबैलाई राम्रो व्यवहार गरेर दमाैलीकाे सन्देश अन्यत्र राम्रो लैजाने बाताबरण गराउन आग्रह गरे । अहिले राम्रो गर्न सक्यौं भने फेरि पनि यहाँ परिक्षाकाे सेन्टर पर्न सक्छ , नत्र गलत सन्देश गयो भने पाेखरातिर मात्रै हुनसक्ने तर्फ व्यवसायीलाई उनलेे सचेत गराए ।

नि मा बि तृतीय श्रेणी खुल्ला प्रतियोगितात्मक परिक्षाकाे लागि अन्यत्रबाट आएका परिक्षार्थिहरू ५ हजार ५ सयको संख्यामा रहेको शिक्षा इकाईका प्रमुख उद्धवराज जमरकट्टेलले बताए । व्यास नगरपालिकाका विभिन्न बिद्यालय तथा म्याग्दे , शुक्लागण्डकिका केही बिद्यालयमा गरि २२ वटा सेन्टर रहेको उनलेे जानकारी दिए ।

One thought on “दमाैलीमा ५५ सय जना मानिस परिक्षा दिन आउँदा यहाँका हाेटल भरिभराउ

  1. गत बर्ष पोखरामा परीक्षा केन्द्र हुदा होटलको एउटा कोठाको मुल्य रु२०००/- देखि रु२५०० सम्म कायम गरेका थिए,जुन कोठाको भाडा अरु समयमा रु८५० देखि रु १००० सम्म हुने गरेको पाईएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page