राति १० बजेसम्म हाेटल खाेल्न पाउनुपर्ने दमाैली बजार इकाईकाे माग

राति १० बजेसम्म हाेटल खाेल्न पाउनुपर्ने दमाैली बजार इकाईकाे माग

क्षेत्रीय हाेटल संघ तनहुँ , दमाैली बजार इकाईले दमाैलीका हाेटलहरू राति १० बजेसम्म खाेल्न पाउनुपर्ने माग गरेको छ । व्यापार व्यवसाय नैं चाैपट भएको वर्तमान अवस्थामा ९ बजे नैं हाेटल बन्द गराउँदा व्यवसायीहरू झनै मर्कामा परेको इकाईका सभापति शंकर अधिकारीले बताए । जाडो महिनामा ९ बजेसम्म मात्रै खाेल्न दिएपनि गर्मी महिनामा राति १० बजेसम्म हाेटल खाेल्न दिनुपर्ने अधिकारीले बताए ।

आजकालकाे ९ बजेसम्म त बजार भरि मान्छे हिँडडुल गर्दछन् , हाेटलमा बसेका मान्छेलाई खाजा , खाना खुवाउन पनि भ्याइँदैन भन्दै अधिकारीले खाना खुवाउने समयमा प्रहरी प्रशासनले सटर झार्नुस् भन्दै सिठ्ठि फुक्दै आउँदा व्यवसायीलाई मर्का परेको बताए ।

छिमेकी जिल्लामा रातभरि हाेटल खाेल्न पाउने भनिएको छ , तर हाम्रोमा १० बजेसम्म पनि सटर खाेल्न नपाउने प्रशासनले नियम लगाइदिएकाे छ । याे नियम सच्याइ समय हेरफेर गर्नुपर्छ सभापति अधिकारीले भने । खस्केको व्यापार व्यवसाय र राति अलिअलि व्यापार हुने बेलामा प्रहरीले शान्तिसुरक्षाकाे वातावरण बनाउनुपर्नेमा बन्द गराउनु जायज नभएको इकाईका सहसचिव एवम् हाेटल राेयल हाउसका सञ्चालक सन्तोष दाहालले वताए ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहरा सँग सम्पर्क गर्दा राति १० बजेसम्म हाेटल खाेल्न दिनको लागि आफु सकारात्मक रहेको बताए । याे पहिल्यैदेखिकाे नियम रहेछ , म तनहुँ आएपछि यस किसिमको गुनासो र माग कुनै निकायबाट नआएकाेेले व्यवसायीलाई मर्का परेको कुरा जानकारीमा आएकाे थिएन । अहिले गुनासो आएसँगै आफु यसवारेमा साेच्ने , छलफल गर्ने र १० बजेसम्म सटर खाेल्न दिने सम्बन्धमा पुनर्विचार गर्ने प्रमुख बाेहराले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page