डुम्रेकाे चिसापानी मुहानमा युवाहरू द्वारा सरसफाई !

डुम्रेकाे चिसापानी मुहानमा युवाहरू द्वारा सरसफाई !

तनहुँकाे बन्दिपुर गाउँपालिका वडा नं. १ डुम्रे, स्थित चिसा पानी मुहानमा युवाहरूले सरसफाई गरेका छन् । डुम्रे आसपास बसोबास गर्ने मानिसहरुको लागि लामो समय देखि चिसा पानी मुहान पिउने पानीको स्रोतको रुपमा रहेकोले सरसफाइमा लागिएको सहभागी क्षेत्रीय हाेटल संघ डुम्रे बजार इकाईका सभापति सन्तोष थापाले बताए ।

विशेष गरेर बजार एरियामा मुख्य लाईनको पानी नआउदा यो नै एक मात्र वैकल्पिक स्रोत रहेको हुनाले संरक्षणकाे लागि सरसफाइ गरिएको सभापति थापाले जानकारी दिए ।

सरसफाई कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ , डुम्रे साँस्कृतिक यूवा परिवार, होटल संघ डुम्रे ईकाइ, टोलका समाज सेवी लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

साे अवसरमा टाेलका अध्यक्ष श्रेष्ठले यस स्थानलाई धार्मिक हिसाबले पनि विकास गर्न सकिने भन्दै आफ्नो वरपरका पानीका स्राेत सरसफाई एवम् वातारणको संरक्षण गर्नु हाम्रो समाज प्रतिको उत्तरदायित्व भएको बताएका थिए ।समाज परिर्वन गर्नको लागि हामीले समाजमा स–साना कार्यहरुलाई पनि विशेष महत्व दिन सकेमा मात्र सम्भव रहेको डुम्रे सांस्कृतिक यूवा परिवारका निर्वतमान सचिव शम्भु श्रेष्ठले बताए ।


यस्ता कार्यक्रमले स्थानीयबासीहरुको सम्बन्धलाई प्रगाढ बनाउनका साथै वातावरण संरक्षणमा अतुलनीय योगदान पुर्याउन सहयोग गर्ने निवर्तमान सचिव श्रेष्ठको भनाइ थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page