गर्मी बढेसँगै बन्दीपुर गार्डेन रिसोर्टमा स्विमिङ गर्ने बढे!
गर्मी बढेसँगै बन्दीपुर गाउँपालिका वडा नं १ डुम्रे स्थित रिमाल्निमा रहेको बन्दीपुर गार्डेन रिसोर्टमा स्विमिङ गर्नेकाे संख्या ह्वात्तै बढेकाे छ ।


बजार तथा पृथ्वीराजमार्ग बाट केही भित्र रहेको रिसोर्ट स्वच्छ सफा र एकान्त बाताबरणमा रहेकोले पनि धेरै ग्राहकको राेजाइमा परेको हुँदा यहाँ स्विमिङ गर्नेकाे संख्या ह्वात्तै बढेको हाे । पृथ्वी राजमार्ग बिस्तारकाे क्रममा त्यस आसपासकाे खण्डमा बाटो पिच भइसकेको र ग्राहकलाई आउन जान पनि सहज बन्दै गएकोले पछिल्ला दिनमा स्विमिङ गर्नेको संख्या बढेको हाे । अन्य दिनमा भन्दा बिदाकाे दिनमा ग्राहकको भिड हुने रिसोर्टका सञ्चालक महेन्द्र शाहीले बताए ।


सनिवार परिवार सहित स्विमिङ गर्न पुगेका माछापुच्छ्रे बैंक दमाैली शाखाका प्रमुख महेश्वर दवाडीले बिदाको दिनमा परिवार सहित रमाइलो गर्न आएकाे बताए । यहाँको वातावरण अत्यन्तै सुन्दर र आकर्षक रहेकोले फ्रेस हुन तथा छाेराछाेरिकाे चाहना पूरा गर्न आएकाे प्रमुख दवाडीले जानकारी दिए ।

रिसोर्टमा अर्डर अनुसार खाना , लोकल कुखुरा ,कालिज तथा मर्स्यांङ्दी को ताजा र स्वच्छ माछा लगायतका खाजाहरू उपलब्ध हुने सञ्चालक शाहीले जानकारी दिए । रिसोर्टमा पछिल्लो समय बिवाह , व्रतवन्ध , बर्थडे , सेमिनार , गाेष्ठि लगायतका कार्यक्रम लिएर ग्राहकहरू आउने गरेको शाहीले बताए ।

















































