दुर्गा मन्दिरको अध्यक्षमा केशकुमारी राना सर्वसम्मत चयन:
तनहुँकाे व्यास नगरपालिका वडा नं ३ मा रहेको दुर्गा मन्दिर संरक्षण समितिकाे अध्यक्षमा केशकुमारी राना सर्वसम्मत चयन भएकी छन् । समितिकाे शनिबार सम्पन्न भएको सातौ साधारण सभा तथा छैठौ अधिवेशनबाट रानाकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हाे । समितिकाे उपाध्यक्षमा शंकरकुमार श्रेष्ठ, सचिवमा ठाकुरप्रसाद पौडेल, कोषाध्यक्षमा कोपिला थापा चयन भएका छन् ।


यस्तै समितिकाे सदस्यहरुमा टिका गिरी , पुष्प श्रेष्ठ, मन्दिरा श्रेष्ठ, पवित्रा थापा, राजकुमार परियार, निर्मला जोशी र योगिता कायस्थ चयन भएका छन् ।


कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ , वडाध्यक्षहरू क्रमश काशीराम श्रेष्ठ ,अनुप राना,मानबहादुर गुरूङ लगायतले मन्तव्य राखेका थिए ।


















































