मादीसेती एफएमकाे अध्यक्षमा खनाल:
सामुदायिक रेडियो मादीसेती एफएम १०५.८ मेगाहर्जको दशौं साधारण सभा तथा पाचौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुर्यनाथ खनालकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रदिप घिमिरे , सचिवमा माधव न्यौपाने र कोषाध्यक्षमा सुशीला पन्थ चयन भएका छन्।त्यसैगरी सदस्यहरूमा शंकरराज नहर्की ,जनक काफ्ले , उपेन्द्र न्यौपाने , सुरेश पुरी र बेलु श्रेष्ठ चयन भएका छन् ।


त्यस अगाडि पुर्व सांसद सरिता गुरुङकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ रहेका थिए । साे अवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, निवर्तमान अध्यक्ष हरिवंश वाग्ले लगायतले मन्तब्य राखेका थिए ।




















































