म्याग्दे ६ द्वारा जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरू लाई सम्मान

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ६ ले ८० वर्ष माथिका जेष्ठ नागरिक ,अपाङ्ग तथा एकल महिलाहरु लाई सम्मान गरेको छ । म्याग्दे ६ का अध्यक्ष हिरा गुरूङ सहितको जनप्रतिनिधिको टाेलिले वडा भित्रका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई सम्मान गरेको हाे । जाडो माैसममा न्यानो अाेढ्ने लुगा सहित सम्मान हुन पाउँदा जेष्ठ नागरिकहरू खुसी भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page