ढोरबाराही मन्दिरमा चैत महिनाको भेटि तथा दानबाट ३ लाख संकलन:

ढोरबाराही मन्दिरमा चैत महिनाको भेटि तथा दानबाट ३ लाख संकलन:

तनहुँकाे शुक्लागण्डकि नगरपालिका स्थित ढाेरबराही मन्दिरमा चैत महिनामा भेटि तथा दान बाट ३ लाख संकलन भएको छ । पछिल्लो समय मन्दिरको आम्दानि पारदर्शी बनाउन रसिदकाे प्रयाेग गर्ने बारेमा नागरिकबाट गुनासो आएसंगै शुक्लागण्डकि नगरपालिकाले चासो राखेको थियो ।

साेहि अनुसार नगरपालिकाले ढोरबाराही मन्दिर ब्यबस्थापन समितिलाई सक्रिय बनाई मन्दिरमा दर्शनका लागी आउने भक्तजनले प्रदान गर्ने भेटि तथा दानको रसिद जारी गर्ने र संकलित दान सहयोगलाई सार्वजनिक गर्न शुरुवात गराएकाे छ । दान दिने भक्तजनलाई रसिद दिन शुरु गरेसंगै मन्दिरमा भेटि/दान प्राप्त हुने क्रम बढेको नगरपालिकाले जनाएको छ ।

शुक्लागण्डकि नगरपालिकाका प्रमुख कृष्णराज पण्डितकाे सचिवालयले २०८० चैत्र महिमामा मात्रै रसिद मार्फत झन्डै ३ लाख संकलन भएको र संकलित भेटि/दानको उचित तबरले मन्दिर क्षेत्रको बिकासकाे लागी प्रयोगमा ल्याईने समेत जानकारी दिएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page