तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाई सचिवमा अन्जु दाहाल

तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार एकाइको सचिवमा अन्जु दाहाल मनाेनित भएकि छन् । इकाईकाे २८ औ बार्सिक साधारण सभा एवं १२ औ अधिबेशन बाट निर्वाचित सभापति सुकनारायण मल्लकाे सभापतित्वमा आइतबार बसेकाे पहिलो बैठकले दाहाललाई सचिवमा मनाेनित गर्ने निर्णय गरेको हाे । सनिवार सभापतिकाे सपथ खाएका मल्लले इकाईका सदस्यहरूलाइ सपथ खुवाएपछि आइतबार पहिलो बैठक बसेकाे थियो ।

सक्षम र काम गर्ने इच्छाशक्ति भएको हुँदा दाहाललाई मनाेनित गरेको सभापति मल्लले बताए । सबै पक्षलाई समेटेर इकाई लाई बलियो बनाउनुपर्छ भन्ने उद्धेश्यले महिला सचिव छानेकाे उनलेे बताए । सचिव मनाेनित भएकि दाहाल लायन्स क्लबका पुर्ब अध्यक्ष , गण्डकी वाङ्गमय प्रतिस्ठानकि उपाध्यक्ष तथा बेद ब्यास जेष्ठ नागरिक आश्रमकि सदस्य लगायतका थुप्रै संघसंस्थामा काम गरेकि सफल व्यवसायी हुन् । महिला पदाधिकारीमा ल्याएपछि सभापति मल्लकाे चाैतर्फि प्रशंसा भएको छ । यस्तै बैठकले अशोक शाह र शुर्य रसाइली लाई सदस्यमा मनाेनित गरेको छ ।

सनिवार मात्रै जिल्ला कार्यसमितिकाे कुनै पनि पदाधिकारी पदमा महिला सहभागीता शून्य भएको भन्दै आलाेचना भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page