डिआइजि खनाल द्वारा जिल्ला प्रहरी कार्यालय तनहुँमा निरीक्षण तथा निर्देशन
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनालले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा निरीक्षण तथा निर्देशन सम्बोधन गरेका छन् । निरीक्षणको सिलसिलामा जिल्ला प्रहरी कार्यलयबाट सम्पादित काम कारवाही सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा स्थलगत रुपमा उनले बुझेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँको अपराधअनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नगारिक सेवा केन्द्र, नागरिक सहायता कक्ष, निवेदन शाखा, कार्य शाखा, प्रशासन शाखा, प्रवन्ध शाखा लगायत मेस, ब्यारेक, हिरासत कक्ष समेतको डिआइजि खनालले निरीक्षण गरेका थिए ।


निरीक्षण अनुगमन पश्चात खनालले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई व्यवसायीक, अनुसाशित एवं कर्तव्य निष्ठ भई कार्यसम्पादन गर्न आवश्यक निर्देशन दिएका थिए ।

























