स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा म्याग्दे गाउँपालिका गण्डकी प्रदेशमै पहिलो

स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्यादे गाउँपालिका गण्डकी प्रदेशमै पहिलो भएको छ ।

स्वमूल्याङ्कन बारे सार्वजनिक गरिएको आर्थिक वर्ष ०७९।८० को नतिजा अनुसार म्याग्दे गाउँपालिका प्रदेशमा नै पहिलो बन्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । विभिन्न दश वटा शीर्षकमा मूल्याङ्कन गर्ने गरिए अनुसार म्याग्दे गाउँपालिकाले शासकीय प्रबन्धमा ९ अङ्क प्राप्त गरेको छ भने सङ्गठन तथा प्रशासनमा ८ अङ्क, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अङ्क, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ११ अङ्क, सेवा प्रवाहमा १५, न्यायिक कार्य सम्पादनमा ६.५, भौतिक पूर्वाधारमा ११.५, सामाजिक समावेशीकरणमा ९.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८.२५ र सहकार्य र समन्वयमा ४.७५ अङ्क प्राप्त गरी कुल ९४.५ प्राप्त गरेर गण्डकी प्रदेशमा नै पहिलो पालिका वनेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । 

पालिकाले शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन र वार्षिक बजेट तथा योजना व्यवस्थापनमा शत प्रतिशत नतिजा निकालेको छ । लिजामा प्रकाशित नतिजा अनुसार म्याग्दे गाउँपालिकाले समग्र स्थितिमा ९७.६२ प्रतिशत, प्रक्रियागत स्थितिमा९५.५९ प्रतिशत र परिमाणात्मक स्थितिमा ९२.२२ प्रतिशत नतिजा प्राप्त गरेको छ । गण्डकी प्रदेश भरिका ८५ वटा पालिका मध्ये ८२ वटा पालिकाको नतिजामा म्याग्दे गाउँपालिका प्रदेशको नै पहिलो पालिका वनेको छ भने स्याङ्जाको अर्जुनचौपारी दोस्रोमा र तनहुँको आवुखैरेनी गाउँपालिकाले ९३.२५ प्रतिशत अङ्क प्राप्त गरी तेस्रो स्थानमा छ । यसभन्दा अगाडि पनि पटकपटक म्याग्दे गाउँपालिका प्रथम भएको थियो । सबैकाे साथ , सहयोग र सहकार्यले गाउँपालिका प्रथम भएको र याे निरन्तर अगाडि बढ्दै जाने गाउँपालिकाले जनाएको छ । हाम्रोमा सबै सिस्टम बसिसकेको र काम गर्ने हुटहुटि जनप्रतिनिधि देखि कर्मचारी सबैमा भएकोले याे सम्भब भएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीकाे भनाइ छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page