मगर भाषा शिक्षण सञ्चालन सम्बन्धमा क्याम्पसमा छलफल

मगर भाषा शिक्षण सञ्चालन सम्बन्धमा क्याम्पसमा छलफल

आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा शिक्षण सञ्चालन सम्बन्धमा सराेकारवाला हरू बिच छलफल भएको छ। क्याम्पस सञ्चालक समिति बैठकको निर्णय बमोजीम क्याम्पसले मगर भाषाको संरक्षण र विकासका लागी मगर भाषा शिक्षण कार्यक्रम सुरु गर्न लागेको सन्दर्भमा यसलाई कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल भएको हाे।

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको कार्यकक्षमा मगर भाषाका विज्ञ इन्द्रबहादुर आले, क्याम्पस सञ्चालक समितिका आमन्त्रित सदस्य क्याप्टेन सोमबहादुर थापा, बिबिए कार्यक्रमका निर्देशक दिपा थापा, बिआइसिटी कार्यक्रमका प्रमुख ई. घनबहादुर थापा , समाज शास्त्र विषयका सहायक प्राध्यापक धनबहादुर थापा ,क्याम्पसका प्रशासकीय अधिकृत बसन्ती थापा आले मगर र मगर विद्यार्थी संघ, क्याम्पस इकाइका अध्यक्ष सोन आले मगरका बीचमा छलफल भएको क्याम्पसले जनाएको छ।

सो अवसरमा मगर भाषा प्रशिक्षक प्रशिक्षणको उद्देश्य लिएर ४० क्रेडिट आवरको मगर भाषा पाठ्यक्रम तयार गर्ने, सो पाठ्यक्रमलाई विज्ञ र सरोकारवालाहरूको समूहमा छलफल गराई प्राप्त सुझावहरुलाई समेटि प्रस्तावित पाठ्यक्रमलाई सुधारेर लागू गर्ने, मगर भाषा सिक्न चाहने विद्यार्थीहरूको भर्ना सञ्चालन गर्ने, २० देखि ३० जनाको समूह भर्ना लिने लगायतका विषयमा छलफल गरिएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page