मुजारे मुसम्मन अखरब

मुजारे मुसम्मन अखरब

गजल

साेझा निरीहलाई धाेका दियाै तिमीले
खाँचो थियाे धुरीकाे ढाेका दियाै तिमीले।

बर्षादले बगायाे बस्ती गरीबकाे त्याे
राहत लुकाइ ऋणकाे पाेका दियाै तिमीले।

ब्वाँसा पसी डिहीमा बाली सखाप पार्दा
तर्साउने बहाना खाेका दियाै तिमीले।

पानी सफा प्रशाेधित पिउने थियाे इरादा
धारा हाे चाहिएकाे डाेका दियाै तिमीले।

लाग्दैछ आज खल्लो माैसम वसन्तकाे नि
जाेडी बिछाेड पिरका फाेका दियाै तिमीले।

रबिराज खनाल

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page