म्याग्दे ४ मा भएको आँखा शिविरमा ३३ जनामा माेति विन्दु देखियो
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ मीन माविमा बुधबार भएको निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रहिन संघ , नेत्रहिन पुनर्स्थापना कार्यक्रम गाेरखा र नेपाल नेत्रज्याेती संघ भरतपुर आँखा अस्पताल चितवनकाे संयुक्त आयाेजनामा सञ्चालन भएकाे निःशुल्क आँखा शिविरमा २ सय ६१ जनाकाे आँखाको परिक्षण गरिएकाे थियो ।

जसमध्ये ३३ जनामा माेति विन्दुकाे समस्या देखिएकाे म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले बताए । माेतिविन्दुकाे समस्या देखिएका बिरामीहरू लाई यहि वैसाख १८ र १९ गते जामुने स्वास्थ्य चाैकिमा शल्यक्रिया बाट उपचार गरिने समेत घिमिरेले जानकारी दिए । नि:शुल्क आँखा शिविरकाे वडा नं ४ का अध्यक्ष दिपक श्रेष्ठ लगायतका जनप्रतिनिधिले अनुगमन गरेका थिए ।

























